Logout

चर्चामा

चितवनको भरतपुर एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

483 Shares

चितवन । चितवनको भरतपुर महानगरफालिका वडा नम्बर २५ शुक्रनगरमा एक व्यत्तिले आफ्नी छोरी र दाजुको छोराको हत्या गरेका छन् । ४२ वर्षीय लिलाराज गिरीले दाजु दया गिरीको छोरा अन्दाजी ६/७ वर्षको सजन गिरी र आफ्नी छोरी प्रभालाई खुर्पा प्रहार गरेर हत्या गरेका हुन् ।

खुर्पा प्रहारबाट गम्भीर घाइते भएका सजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा आज बिहान मृत्यु भएको हो । घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेका थिए । उनको गम्भीर अवस्थामा उपचार जारी छ । घटनाको कारण खुलेको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार