Logout

चर्चामा

देउवालाई १४ महिनापछि धुमधामसँग प्रधानमन्त्री पद हस्तान्तरण गर्छुः प्रधानमन्त्री ओली

960 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले १४ महिनापछि शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर बकाइदा धुमधामसँग हस्तान्तरण गर्छु ।’

देउवालाई इंगित गर्दै उनले देश विकासको योजना बनाउने काममा कतिपयले मौका नपाएको र कतिले बारम्बार मौका पाएको बताए । ‘सबैले एकै ठाउँमा मौका पाउँदैनन् । कसैले पटक पटक पाउँछन् । अब शेरबहादुरजी पाँच पटक प्रधानमन्त्री हुनुभयो । मौका उहाँलाई जुर्छ क्या त्यो । के गर्नु ? अब फेरि जुर्नेवाला छ,’ ओलीले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार