Logout

चर्चामा

लोसपा बागमतीको निर्देशन: वैशाख मसान्तभित्र अधिवेशन सक्न प्रदेश समितिको तयारी तीव्र

730 Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको बागमती प्रदेश समितिले आसन्न महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै मातहतका सम्पूर्ण तहका अधिवेशन वैशाख मसान्तभित्र सम्पन्न गर्न स्पष्ट निर्देश दिएको छ।

प्रदेश अध्यक्ष करण श्रेष्ठले निर्वाचन निर्देशिका–२०८१ को धारा ९(३) बमोजिम जिल्ला, निर्वाचन क्षेत्र र प्रदेशसभा तहका अधिवेशन तय गरिएको समयसीमाभित्र सम्पन्न गर्नुपर्ने पत्राचार गरेका हुन्। अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति गठनसहितको विवरण बागमती प्रदेश कार्यसमितिमा पठाउनसमेत उनले निर्देशन दिएका छन्।

श्रेष्ठले प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै अधिवेशनमा ढिलाइ नगर्न र नयाँ नेतृत्व चयन प्रक्रियालाई समयमै टुंग्याउन आग्रह गरेका छन्। परिपत्रमार्फत सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई अधिवेशनमा सक्रिय सहभागिता जनाउन आह्वान गरिएको छ।

लोसपा बागमती प्रदेश समितिको यो कदमले पार्टीको महाधिवेशन तयारीमा थप गति ल्याउने विश्वास गरिएको छ। तल्लो तहका अधिवेशनहरू समयमै सम्पन्न भएपछि पार्टीभित्र नयाँ नेतृत्व चयन र सांगठनिक सुदृढीकरण सहज हुने अपेक्षा लिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार