Logout

चर्चामा

चितवनमा ट्याक्टर दुर्घटना : पाँच जनाको ज्यान गयो

485 Shares

काठमाडौँ । चितवनमा आइतबार राति ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ना १ त ६२८२ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाका अनुसार चितवनको राप्ती नगरपालिका आमपानीको चिउडेखोलामा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टरमा सवार पाँच जनाको मृत्यु भएको उनले खबरवाणीलाई  जानकारी दिए ।

ट्याक्टरमा करिब २२ जनाभन्दा बढी सवार रहेको उनले बताए । दुर्घटनामा केही घाइते भएको र उनीहरुको पुरानो मेडिकल कलेज भरतपुर र चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले जाकारी दिए ।

दुर्घटनमा ज्यान गुमाएकाहरुको पहिचान खुल्न बाँकी रहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार