769
Shares
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व भएको बताएका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले भने, संसदीय प्रणालीविरुद्ध राष्ट्रियरअन्तर्राष्ट्रिय रूपमा षड्यन्त्र भइरहेको त्यसलाई बचाउन सबै लाग्नुपर्ने बेला आएको छ।
सत्ताभन्दा व्यवस्था महत्वपूर्ण भएकाले सत्ताका लागि भन्दा व्यवस्थाका लागि बढी चिन्ता गर्नुपर्नेमा जोड दिए। कांग्रेस ७० वर्षदेखि संसदीय प्रणालीको पक्षमा लडेको स्मरण गराए। आज त्यही प्रणाली जोगाउने प्रमुख सबाल हो, त्यसका लागि सबैले प्रयत्न गर्नुपर्छु उनले भने।
राष्ट्रको नेतृत्व गर्ने पार्टी चाहिएको भन्दै कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउन आवश्यक रहेको रहेको दाबी गरे।