Logout

चर्चामा

कांग्रेसको प्रस्तावमा तत्काल बढ्न नसकिने जसपाको निष्कर्ष

547 Shares

काठमाडौं । नयाँ सरकार गठनका विषयमा जनता समाजवादी पार्टी (जसपा)ले छलफल थालेको छ।  गत शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेतृत्वको सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेपछि त्यसको दुई दिनपछि जसपाले आन्तरिक छलफल थालेको हो।

आजको छलफलमा कांग्रेसको प्रस्तावका विषयमा छलफल भएको एक नेताले जानकारी दिए। तर कुनै निर्णय नभएका उनले  बताए।

जसपाको राजपा पक्षले रेशम चौधरीलाई छुटाउनेलगायत मुद्दा सम्बोधन गरे वर्तमान सरकारलाई नै साथ दिन सकिने बताउँदै आएको छ। आजको बैठकमा संघीय परिषद् सदस्य डा। बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागी थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार