Logout

चर्चामा

लिए ऊर्जा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ

535 Shares

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयमा नवनियुक्त राज्य मन्त्री गर्बुजालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन । गत वैशाख १७ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरिएको थियो, जसको ५ दिन पछि आज पद तथा गोपनीयताको सपथ भएकाे हाे ।

गत १९ वैशाखमा पद तथा गोपनीयताको सपथ हुने भनिए पनि अन्तिम समयमा स्थगित भएकाे थियो । जो आज भएकाे हाे । गत वैशाख १० मा प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्य मन्त्री कान्छाराम तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए । उनी बर्खास्तमा परे पछि रिक्त रहेको पदमा नेपाली कांग्रेसका सिफारिसमा गर्बुजा नियुक्त भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार