Logout

चर्चामा

मोरङ कारागारका थुनुवाको कोशी अस्पतालमा मृत्यु

502 Shares

विराटनगर । जिल्ला कारागार मोरङमा पुर्पक्षका लागि थुनामा रहेका एक थुनुवाको आइतबार बिहान विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । कारागारका जेलर गौरव ढुंगेलका अनुसार मृतक ५४ वर्षीय प्रवीण तामाङ रामेछाप जिल्लाको दोरम्बा–सैलुङ गाउँपालिका–२ का बासिन्दा हुन् ।

ठगी मुद्दामा थुनामा रहेका तामाङलाई श्वासप्रश्वासमा समस्या आएपछि शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतबार बिहान ४ बजे तामाङको ज्यान गएको ढुंगेलले जानकारी दिए । तामाङ २०८१ पुस १६ गते अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

उनको ठगीसम्बन्धी मुद्दा अझै अदालतमा विचाराधीन अवस्थामा रहेको बताइएको छ । तामाङको शव कोशी अस्पतालमै राखिएको छ । परिवारलाई सूचना दिइएको र उनीहरू आइपुगेपछि थप प्रक्रिया अघि बढाइने कारागार प्रशासनले जनाएको छ । हाल मोरङ कारागारमा ३ सय जनाको क्षमताविरुद्ध १ हजार ३८ जना कैदीबन्दी राखिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार