Logout

चर्चामा

दाङमा शिक्षकमाथि खुँडा प्रहार, विद्यार्थी पक्राउ

488 Shares

काठमाडौं । दाङमा एक बोर्डिङ स्कुलका शिक्षकलाई विद्यार्थीले खुँडा प्रहार गरेका छन् । शुक्रबार बिहान साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिका–६ हिमाल बोर्डिङ स्कुलका शिक्षक विशेष श्रेष्ठमाथि खुँडा प्रहार भएको हो ।

स्कुल नजिकै सोही स्कुलका कक्षा १२ का विद्यार्थी सुरेश सुनारले खुँडा प्रहार गरेको प्रहरीले बताएको छ । बाँया कुम र दुवै हातको पाखुरामा खुँडा प्रहार भएको प्रहरीको भनाइ छ । घाइते शिक्षकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

खुँडा प्रहार गरेको आरोपमा शनिबार राति पौने ९ बजेतिर प्रहरीले सुनारलाई पक्राउ गरेको छ । खुँडा प्रहारको कारण भने खुलिनसकेको दाङ प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार