Logout

चर्चामा

‘श्रम संसार’ पोर्टलले गलत भाष्यलाई चिर्न सहयोग गर्छ : मन्त्री भण्डारी

500 Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले श्रमसँग सम्बन्धित अनलाइन सेवाले रोजगारीका अवसर छैन भन्ने भाष्य हटाउने बताएका छन् । ‘श्रम संसार’ पोर्टलले मुलुकमा सम्भावना छैन, रोजगारीका अवसर छैनन् भन्ने भाष्य हटाउने बताएका हुन् ।

बिहीवार सिंहदरवारमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित ‘श्रम संसार’ पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै उनले गलत भाष्यलाई चिर्न श्रम संसार पोर्टले सजिलो बनाउने बताएका हुन् । उनले भने, ‘अहिले जुन गलत भाष्य निर्माण भएको छ, मुलुकमा सम्भावना छैन, रोजगारीका अवसर छैनन् जसले गर्दा वैदेशिक रोजगारीमा जाने बाध्यता छ, यहाँ भएको अलिअलि रोजगारी पनि पहुँचवालाले मात्र पाउँछ भन्ने भाष्य छ ।

त्यसलाई चिर्न श्रम संसार पोर्टले सजिलो हुनेछ । युवा वर्गमा पहुँच छैन भनेर निराशा पैदा भएको छ । त्यो हटेर जान्छ । जसको योग्यता छ उसले पाउँछ ।’ उनले आन्तरिक रोजगारी दशकमा सरकारले देशमा दक्ष जनशक्ति तयार गरेर बाहिरबाट आएका मानिसलाई विस्थापित गर्दै जाने पनि बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार