643
Shares
काठमाडौं । काठमाडौंको बिजुलीबजारमा जारी शिक्षक आन्दोलनमा एक जना शिक्षक कुटिएका छन्।
शनिबार दिउँसो १ बजेतिर काठमाडौं महानगरपालिका-१० बिजुलीबजारस्थित नेपाल शिक्षक महासंघ राष्ट्रिय आन्दोलनमा सहभागी एक शिक्षकमाथ कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
कैलाली धनगढी उपमहानगरपालिका-१ घर भई काठमाडौं-३१ आलोकनगर बस्दै आएका ५४ वर्षीय केशव राज जोशीमाथि कुटपिट भएको हो।
उनी श्री दुर्गा आधारभुत माध्यामिक विद्यालय धनगढीमा पढाउने शिक्षक हुन्। अन्दाजी १५/२० जना शिक्षकको समूहसँग मतभेद हुँदा कुटपिट भएको एसपी बोहराले बताए।