Logout

चर्चामा

चाँदी खोलामा बालकको शव फेला, हत्याको आशंका

559 Shares

रौतहट । रौतहटको गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा १४ वर्षीय बालकको शव फेला परेको छ । वृन्दावन नगरपालिका–७ बस्ने १४ वर्षीय कृष्ण प्रसाद यादवको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

बालकको शवको प्रकृति हेर्दा हत्या गरेर फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीका अनुसार बालकको शव शुक्रबार बिहान पानीमा घोप्टो परेको अवस्थामा फेला परेको हो ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा शवको पेट र कन्चटमा गहिरो चोट देखिएको र धारिलो हतियार प्रयोग भएको हुन सक्ने आशंका गरिएको उनको भनाइ छ । घटनासम्बन्धी थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार