Logout

चर्चामा

बेलौरीको घटियाघाटमा भेटिएको शवको पहिचान, हत्या शंका गर्दै प्रहरी अनुसन्धान

446 Shares

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–१० को घटियाघाटमा जलेको अवस्थामा भेटिएको शवको पहिचान भएको छ । मंगलबार बिहान जलेको अवस्थामा फेला परेको शव बेल्डाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन रानाको रहेको कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।

उनका अनुसार राना मंगलबार बिहान साढे ४ बजे कोलकाता जाने भन्दै मोटरसाइकलमा घरबाट हिंडेको पाइएको छ । राना बिहान जलेको अवस्थामा फेला परेका थिए भने मोटरसाइकल नजिकै जलिरहेको थियो ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जोशी स्वयंम घटनास्थल पुगेका छन् । नेपाल प्रहरीको धनगढीमा रहेको कुकुर शाखाबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर लगिएको छ । एसपी जोशीले थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको समेत प्राविधिक सहयोग मागिने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार