Logout

चर्चामा

"तीनकुने घटना नियोजित थियो, प्रधानमन्त्री जिम्मेवार छन् : राप्रपा सांसद प्रधान"

495 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएको छ । प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको शुक्रबारको बैठकमा राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले तीनकुनेको घटना सरकारले नै नियोजित रुपमा गराएको आरोप लगाए ।

‘उत्तेजित गराउने काम सरकारले गर्यो । हाम्रो बुझाइ– त्यो घटना नियोजित रुपमा गरेको छ,’ सांसद प्रधानले भने, ‘मैले आरोप लगाएँ– प्रधानमन्त्री चुक्नुभएको छ । उक्साहटको काम उहाँले गर्नुभएको छ ।’

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजवादीको प्रदर्शनको क्रममा दुई जनाको ज्यान गएको थियो भने तोडफोड र आगजनीबाट निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको थियो । सोही दिन प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधरहरुले गरेको प्रदर्शन सभ्य थियो । राजावादीहरुले गरेको प्रदर्शन भने तनावपूर्ण भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार