Logout

चर्चामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही

722 Shares

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले  नेकपा एमालेबाट सरकारमा सहभागी तीन मन्त्रीले दिएका राजीनामा स्वीकृत गरेका छन्। 

मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको राजीनामा स्वीकृत गरेका हुन्। 

राजीनामा स्वीकृतपछि रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी‚ आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई दिइएको छ। 

सरकारलाई दिएको समर्थन फिर्ता गरेर एमालेका तर्फबाट मन्त्री भएका तीन मन्त्रीले मंगलबार राजीनामा पेश गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार