Logout

चर्चामा

राप्रपा अध्यक्ष लिङ्देनको प्रधानमन्त्रीलाई चेतावनी : बालुवाटारको भातपानी बन्द गर्दिन सक्छौँ

505 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिएका छन् । मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले वर्तमान सरकार नसुध्रिए आफूहरू गोली नचलाउने तर बालुवाटार घेर्न भने सक्ने बताएका हुन् ।

उनले राप्रपालाई कमजोर नठान्न पनि चेतावनी दिदैं भने ‘भृकुटीमण्डपमा आन्दोलन गर्दा ढल्ने कस्तो गणतन्त्ररु हामीले चारतिर छेकेर आन्दोलन गरे के हुन्छ ?’ उनले भने, ‘यदि तपाईँहरू नसुध्रिने हो भने हामी बालुवाटारलाई घेरर भात पानी बन्द गर्दिन सक्छौँ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार