Logout

चर्चामा

प्रधानमन्त्रीसमक्ष डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनको माग

552 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि आगामी बजेटमा कार्यक्रम समावेश गर्न आज माग पत्र बुझाएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाली काँग्रेस र नेकपा एमालेसहितका जिल्लास्थित प्रतिनिधिमण्डले क्याम्पसको आवश्यक भौतिक पूूर्वाधार निर्माणसहित अध्ययन अध्यापनका लागि ध्यान दिन र विकासमा पछाडि परेको डोटीलाई बजेट निर्माणमा प्राथमिकता दिन आग्रह गरेका थिए ।

माग पत्र बुझाउन पूर्वमन्त्री वीरबहादुर बलायर, संविधानसभा सदस्यहरू गौरी वली र भरतबहादुर खड्का, सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्ल, जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका बाजीसिंह खड्का, केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही, नेपाली काँग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंह, नेकपा एमालेका जिल्ला अध्यक्ष मञ्जुु मलासीलगायतले बालुवाटार पुगेका हुन ।

दिपायल सिलगढी नगरपालिका–६, थाप्लामा त्रिभुवन विश्वविद्यालयको मातहतमा डोटी प्राविधिक आङ्गिक क्याम्पसका रुपमा सञ्चालन हुने तयारी भए पनि जनशक्ति र बजेटको अभावमा काम अघि नबढेकाले प्रतिनिधिमण्डलले उच्च राजनीतिक तहमा ध्यानाकर्षण गरेका हुन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र गृहमन्त्री एवं काँग्रेसका नेता रमेश लेखकसहित उपस्थित कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी बजेटलाई सन्तुलित, व्यवस्थित र प्रभावकारी कार्यान्वयनमुखी बनाउन छलफल भइरहेको बताउँदै पुरानो गौरवपूर्ण इतिहास बोकेको डोटी विकासमा पछाडि परेको विषयमा आफू जानकार रहेकाले अब प्राथमिकतामा पर्ने विश्वास दिलाए । प्रधानमन्त्री ओलीले थालेका काम पूरा गर्ने र बजेट विनियोजन गर्दा स्रोत सुनिश्चितता गरेर मात्रै गर्न लागिएको उल्लेख गर्दै खप्तड इञ्जिनियरिङ क्याम्पस पूर्वाधार निर्माण गर्दा छात्रावास अनिवार्य बनाउन सकिए टाढा टाढाका विद्यार्थी त्यहीँ बसेर पढ्न सक्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार