Logout

चर्चामा

जोखना हेर्दै नबसी ओलीको विकल्प खोजौँ, नत्र टाउको समाएर रुनु पर्ला : पौडेल

675 Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको विकल्प खोज्नुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन (संघ) केन्द्रीय कार्यसमितिद्धारा काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकार निरङ्कुशतातर्फ बढिरहेकोले कांग्रेसले सरकरको विकल्प खोज्नुपर्ने बताए । त्यसका लागि उदार बनेर अथवा सम्झौता गरेर भएपनि सरकार बदल्न इमान्दार प्रयत्न गर्नुपर्ने उनको भनाइ छ । 

“संसदको रोस्टमलाई प्रधानमन्त्रीले प्रयोग गर्न नचाहँदा प्रतिपक्षी दलले रोस्टम प्रयोग गर्‍यो कि गरेन, कसरी गर्‍यो यसको पनि लेखाजोखा इतिहासमा हुनेछ । त्यसो भएको हुनाले अहिले यहाँ चुनाव मात्रै भनेर सुख पाइँदैन,” उनले भने “हामीले यो अहिलेको निरंकुशता तिर बढिरहेको यो सत्तालाई विकल्प खोजी गर्नुपर्छ । विकल्पको लागि हामी उदार बनेर जसरी विकल्प आउँछ त्यसरी हामीले सम्झौता गरेर अरू पार्टीहरुसँग मिलेर हामीले बदल्ने काममा इमान्दार प्रयत्न गर्नुपर्छ ।”

नेता पौडेलले वितगमा पनि कांग्रेसले एउटा अवसर छुटाएको उल्लेख गर्दै अहिले पनि सरकार नबदल्ने हो भने भविष्यमा टाउको समातेर रुनुको विकल्प नहुने पनि बताए । कांग्रेसले चुनाव भनेर बस्न नहुने उनको भनाइ छ । “अब एउटा चान्स त हामीले अस्तिनै मिस गरिसकेका छौं । जुन बेला एमाले र माओवादी केन्द्र बनेका थिएनन त्यो बेलामा जोखाना हेर्दाहेर्दै एउटा चान्स मिस भएको छ । यति मात्रै भन्छु । जोखाना फेरिपनि हेरेर यो चान्स मिस गर्ने अनि पछि टाउको समातेर रुने यो कुरा हुँदैन । चुनाव चुनाव चुनाव यो सबैले भन्छन् । केपी ओलीको पनि नारा चुनावै हो हाम्रा साथिहरूको पनि नारा त्यही हो । आज देश त्यसैमा विभाजित छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार