485
Shares
नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान बिहीबारदेखि सुरू हुने भएको छ। फागुन १२ गतेदेखि झापाको कचनकबलबाट सुरू भएको अभियान २५ गतेदेखि स्थगित भएको थियो।
स्थगित भएको अभियान बिहीबारदेखि सुरू गर्न लागिएको माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए। कनचनकलबाट बारा पुगेर स्थगित भएको अभियान भोलिदेखि बाराबाटै सुरू हुने उनले बताए।
त्यसका लागि बुधबार बेलुकासम्म नेताहरू काठमाडौं पुगिसक्नेछन्।