Logout

चर्चामा

काठमाडौं उपत्यकाका यी ११ क्याम्पसमा भइरहेको छ स्ववियु नेतृत्वका लागि मतदान

383 Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसअन्तर्गत काठमाडौं उपत्यकाको ११ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ । क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान जारी छ । सम्बन्धित क्याम्पसका प्रमुखका अनुसार चुनाव शान्तिपूर्णरुपमा भइरहेको छ ।

महाराजगञ्ज चिकित्सा क्याम्पसमा ४०० मत खसेको छ । क्याम्पस प्रमुख डा। सुरेश उप्रेका अनुसार १०:४५ सम्म ४ मत खसेको हो । ‘शान्तिपूर्ण मतदान भइरहेको छ,’ उनले भने । महाराजगञ्ज चिकित्सा क्याम्पसमा १६७१ मतदाता रहेका छन । सानोठिमी क्याम्पसमा साढे १० देखि मतदान सुरु भएको छ ।

केही प्राविधिक समस्याका कारण ढिला गरी सुरु भएको निर्वाचन आचारसंहिता प्रमुख जगतकृष्ण पोखरेलले बताए । ‘भर्खर मतदान सुरु भएको छ । प्राविधिक समस्याले ढिला गरी सुरु भएको हो,’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार