Logout

चर्चामा

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक आह्वान

446 Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । मंगलबार दिउँसो साढे १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाइएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । सचिवालय प्रमुखसमेत रहेका महामन्त्री बर्तौलाले दिएको जानकारीअनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा बैठकमा गम्भीर छलफल हुनेछ ।

‘पछिल्लो राजनीतिक अवस्थाको गम्भीर समीक्षा, भ्रष्ट शासन र शासकबाट मुक्तिको लागि आन्दोलन अपरिहार्य भएकाले आन्दोलनको स्वरुप र भावी रणनीति निर्माणबारे बैठक केन्द्रित हुनेछ,’ उनले भने ।

एक्ला–एक्लै आन्दोलन गरेर निष्कर्षमा नपुगिने हुँदा विचार मिल्नेहरू सबैसँग मोर्चाबन्दी गरेर आन्दोलनमा जानुपर्ने राप्रपा नेपालले बताउँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार