Logout

चर्चामा

सुनको भाउ आज ताेलामा ६ सय रुपैयाँले घट्यो

609 Shares

सुनको भाउ आज फेरि घटेको छ ।

हिजो एकै दिन तोलामा ११ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले घटेको हो ।

आज सुन तोलाको ८९ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुनकाे भाउ प्रतिऔंस ११ डलरले घटेर १७ सय ८१ डलर कायम भएको छ ।

यस्तै, आज चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार