Logout

चर्चामा

सहकारी बैंक र संस्थाका पदाधिकारीको सम्पत्ति रोक्का गरौं : सुवाल

421 Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले नेपालको सहकारीको खर्बाैं रकम सैन्य संगठन नाटो देशको हितमा गएको भन्ने सार्वजनिक भएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सर्वसाधारणको बचत हिनामिना गर्ने सहकारी बैंक तथा सहकारी संस्थाका पदाधिकारीहरूको सम्पत्ति रोक्का गरी जनताको बचत फिर्ता गराउनु पर्ने उनको भनाइ छ ।

‘सहकारी संस्थामा बचत ठगीमा परेका पीडितहरूको बचत फिर्ता कसरी हुने हो ? सम्बन्धित जिल्ला, प्रदेश, महासंघ र सहकारी बैंकमा रहेका पदाधिकारीहरू र डुबेका सहकारी संस्थाका पदाधिकारीहरूलाई जनताको बचत फिर्ता गराउन तिनीहरूको सम्पती र लगानी रोक्का गर्नुपर्छ र पासपोर्ट जफत गर्नु जरुरी छ,’ सांसद सुवालले भने ।

सहकारी संस्थाको रकम जिल्ला, प्रदेश र महासंघ हुँदै साम्राज्यवादीहरूको सैन्य संगठन नाटो देशको हितमा प्रयोग भएको जिकिर गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार