Logout

चर्चामा

महिलाहरुलाई आर्थिक सशक्तिकरणको महत्वपूर्ण आधारका रुपमा विकास गर्नुपर्छः अध्यक्ष अग्रवाल

351 Shares

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले महिलाहरुलाई आर्थिक सशक्तिकरणको महत्वपूर्ण आधारका रुपमा विकास गर्दै लैजानु आजको आवश्यकता भएको बताएका छन् । आईतवार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनमा बोल्दै उनले नेपालको औद्योगिक एवं आर्थिक क्षेत्रको समृद्धिमा महिलाहरुको भुमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले महिलाहरुको भुमिका थप बढाउनुपर्ने आवश्यकता रहेको समेत बताए ।

अग्रवालले नेपालमा महिला उद्यमशिलताको विकास सकारात्मक रुपमा बढिरहेको र नेपालका महिला उद्यमीहरुले कृषि, पर्यटन, सूचना प्रविधि, हस्तकला लगायत क्षेत्रमा उल्लेखनिय योगदान पुर्‍याइरहेको बताए । अध्यक्ष अग्रवालले राज्यले महिलाहरुलाई थप प्रोत्साहन गर्नुपर्ने बता सो क्रममा बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार