638
Shares
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवैधानिक निकायले गरेका अनुसन्धानप्रति आशंकाहरू व्याप्त रहेको बताएका छन् । ठूला ठूला भ्रष्टचारमा अख्तियार, सरकारले गरेको अनुसन्धानमा चित्त बुझ्दैन भने संसद्बाट उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन सकिने विकल्प उनले सुनाए ।
‘एकदम विश्वास गर्ने न्यायाधीश वा पूर्वप्रधानन्याधीश ल्याउने हो भने पनि ल्याऔं । आयोग बनाउने हो भने पनि बनाऔं,’ महामन्त्री थापाले भने, ‘नेताको सम्पत्ति पनि छानबिन गरौं । सबै ठूलो ठूलो काण्डको पनि छानबिन गरौं । त्यो अनुसन्धानमा आमा पर्ला, मामा पर्ला छोडिदिउँ । गल्ती गर्नेलाई पाता कसेर लैजाऔं ।’ महामन्त्री थापाले नवलपरासीको सुनवलमा बुधबार आयोजित पार्टी कार्यक्रममा व्यक्तिले गरेको भ्रष्टचारको भारी पार्टीले बोक्न नसक्ने बताए ।