Logout

चर्चामा

राज्य व्यवस्था समितिमा सशस्त्र प्रहरी विधेयकमाथि दफावार छलफल हुने

535 Shares

b। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ को दफावार छलफल हुने भएको छ । बुधबार प्रतिनिधि सभाले यो विधेयक अगाडि बढाउँदैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यो विधेयक गत माघ १५ गते प्रतिनिधि सभामा दर्ता भएको थियो भने माघ २७ गते सभामा प्रस्तुत भएको थियो । फागुन १२ गते विधेयकमाथि सामान्य छलफल भएको थियो ।

उक्त छलफलमा भाग लिँदै सांसदहरूले प्रहरी विधेयकमा रहेका प्रावधानहरू र सशस्त्र प्रहरी विधेयकमा रहेका प्रावधानहरू मिल्दोजुल्दो रहेको बताएका थिए । यी दुवै संगठनको भूमिका प्रष्ट गर्न र दुई विधेयकमा रहेका दोहोरोपना हटाउन सुझाएका थिए । सशस्त्र प्रहरीको परिचालनको अधिकार, प्रमुख जिल्ला अधिकारीको भूमिकाको आवश्यकता र औचित्यमाथि प्रश्न उठाइएको छ । सशस्त्र प्रहरीको सरुवा र बढुवामा राजनीतिक संलग्नता र हस्तक्षेप रहने गरेको भन्दै यस्तो प्रवृत्ति अन्त्यको नीति खोजिएको छ । सैद्धान्तिक छलफलमा उठाएका विषयहरू समेटेर सांसदहरूले संशोधन प्रस्ताव समेत दर्ता गरेका छन् ।

सशस्त्र प्रहरी विधेयकमा सांसदहरूका ६४ वटा संशोधन परेको छ । बुधबार प्रतिनिधि सभाले दफावार छलफल राज्य व्यवस्था समितिमा पठाएपछि सरकारले ल्याएको विधेयक र सांसदका संशोधन एकै ठाउँ राखेर छलफल हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार