Logout

चर्चामा

वीर अस्पतालकाे निर्देशकमा डा. दिलिप शर्मा

578 Shares

काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्माले जिम्मेवारी पाएका छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा. शर्मालाई नियुक्ति दिइएकाे हाे । न्याम्स ऐन अनुसार उपकुलपति डा. भुपेन्द्र बस्नेतले आइतबार सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई डा. दिलीप शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका डा. शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् । उनले प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रूपमा समेत काम गरिसकेका छन् । डा. शर्माले मन्त्रालयबाट नियुक्ति पत्र लिन बाेलाएकाे जानकारी दिए । मन्त्रालयबाट नियुक्ति पत्र लिनका लागि बोलाउनुभएको छ । सम्भवतः आज जिम्मेवारी सम्हाल्छु,’ डा. शर्माले अनलाइनखबरसँग भने ।

वीरको निर्देशक डा. सन्तोष पौडेलको दुई वर्षे कार्यकाल गत ४ फागुनमा सकिएपछि डा. समाज गौतमले निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार