378
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत बुटवल पुगेका छन् । रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा आफूसँग माग भएको १ करोड धरौटी खारेजी र साधारण तारेखमा छाड्न माग गर्दै रवि सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन् ।
बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार लामिछानेले दिएको निवेदन दर्ता भइसकेको छ । ‘सुप्रिम सहकारी ठगीमा माग भएको धरौटी आफूलाई चित्त नबुझेको र साधारण तारेखमा रिहा हुनुपर्ने आशयको माग राखेर उहाँले निवेदन दिनुभएको छ निवेदन दर्ता भइसकेको छ ।’