688
Shares
पाकिस्तानमा अज्ञात समूहले एक यात्रुबाहक बसमा आक्रमण गरेर सात जनाको हत्या गरेको छ। पाकिस्तानको बलुचिस्तानमा गत राति आक्रमणकारीहरूले बसबाट ओरालेर ती यात्रुको हत्या गरेका हुन्।
सञ्चारमाध्यमहरूका अनुसार बरखान जिल्लामा अज्ञात समूहले बसबाट ओरालेर उनीहरूको हत्या गरेका हुन्।
प्रहरीका अनुसार आक्रमणकारीले बसमा गोलीबारी गरेको र त्यसपछि सात जनाको हत्या गरेका छन्।
अज्ञात समूहले क्वेटाबाट लाहौरतर्फ गइरहेको यात्रुबाहक बसलाई निशाना बनाएको प्रहरीले जानकारी दिएको छ।