748
Shares
काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःममा भएको ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा एसपी अपिलराज बोहराका अनुसार शुक्रबार दिउँसो साढे २ बजे उपचारका क्रममा अर्का एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भइ हाल काठमाडौं महानगरपालिका–२८ बस्ने २२ वर्षीय प्रदीप तामाङ रहेका छन् ।
उक्त विस्फोटमा परेर ११ जना घाइते भएका थिए ।