Logout

चर्चामा

स्कूलको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४१ घाइते

778 Shares

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका ४ फर्पिङमा स्कूल बस दुर्घटना भएको छ । प्रहरीका अनुसार आइतबार दिउँसो साढे ३ बजे जुनकिरी इंङ्गलिश बोर्डिङ स्कूलको बा१क ५६६४ नम्बरको बस सडकबाट सय मिटर तल खसेको हो ।

दुर्घटनामा परी चालक ३५ वर्षीय रामकृष्ण थापामगर र दक्षिणकाली नगरपालिका ४ घर भएका ८ वर्षीय विद्यार्थी विपीन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए ।

बोहराका अनुसार चालक थापामगरको नगर अस्पताल दक्षिणकालीमा र विद्यार्थी श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा ४१ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको बयोधा, तीन जनाको नगर अस्पताल दक्षिणकाली, पाँच जनाको कीर्तिपुर अस्पताल, तीन जनाको शहीद अस्पताल, १२ जनाको ट्रमा सेन्टर, सात जनाको मेडिसिटी अस्पताल, पाँच जनाको मनमोहन अस्पताल र एक जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बोहराले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार