Logout

चर्चामा

ताजा जनादेशका लागि मध्यावधि निर्वाचनको विकल्प छैन : मन्त्री नेम्बाङ

715 Shares

काठमाडौँ । नेकपा एमालेका नेता तथा भौतिक पूर्वाधार यातायातमन्त्री बसन्तकुमार नेम्बाङले अब ताजा जनादेशका लागि मध्यावधि निर्वाचनको विकल्प नभएको बताउनुभएको छ । पाँचथरको फिदिममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री नेम्बाङले मध्यावधि निर्वाचनपछि मात्रै मुलुकले राजनीतिक निकास पाउने भन्दै नत्र अस्थिरता कायम रहिरहने जिकिर गर्नुभयो ।

सडकमा प्रदर्शन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने उहाँले बताउनुभयो । मन्त्री नेम्बाङले मुलकमा पछिल्लो समय विकास निर्माणले गति लिएको दाबी गर्दै रुग्ण आयोजनाको कामलाई सरकारले जतिसक्दो चाँडो पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार