Logout

चर्चामा

रवि लामिछानेबिरुद्धको मुद्दामा बहस जारी, आजै आदेश आउनसक्ने

708 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबिरुद्धको मुद्दामा जारी थुनछेक बहस काठमाडौँ जिल्ला अदालतमा जारी छ।

उक्त मुद्दामा बुधबार नै आदेश आउने सम्भावना छ।मंगलबार सार्वजनिक बिदा परेकाले बाँकी थुनछेक बहस बुधबार भइरहेको हो।

रवि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमन श्रेष्ठ र सुशील पन्तले बहस सकेका छन्। खाजासमय सकिएपछि लामिछानेका तर्फबाट अधिवक्ता सुरज बस्नेतले बहस गर्नेछन्।यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन्।

उक्त मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट ११ जनाले बहस गरेका थिए ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ।सोमबार थुनछेक बहस नसकिएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार