Logout

चर्चामा

केपी ओलीलाई खड्गप्रसाद भनेपछि एमाले नेता कारबाहीमा

821 Shares

काठमाडौं । एमालेले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबारे प्रश्न उठाउने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने कार्यलाई तीव्रता दिएको छ। यसै सन्दर्भमा, एमाले उदयपुरका पूर्वउपाध्यक्ष तथा कोशी प्रदेशसभाका पूर्वसदस्य विमल कार्कीलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिएको छ।

कार्कीले व्यवसायी मिनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन लिइएको जग्गा दानको विषयमा अध्यक्ष ओलीमाथि प्रश्न गरेका थिए। साथै, उनले पार्टीका नेताहरू भीम रावल, बिन्दा पाण्डे, र उषाकिरण तिम्सिनामाथि गरिएको कारबाहीको विरोध गरेका थिए। कार्कीले सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीको नैतिकतामाथि प्रश्न गर्दै राजीनामा दिनुपर्ने माग गरेका थिए।

उनले ओलीको नागरिकता प्रकरणबारे पनि प्रश्न उठाएका छन्। उनले ओलीले विगतमा "खड्गप्रसाद ओली" नाम प्रयोग गरेको तर अहिले "केपी शर्मा ओली" कसरी बने भन्नेबारे स्पष्टीकरण मागेका छन्। साथै, उनले एउटै व्यक्तिले दुई नागरिकता प्रयोग गरेको हो वा दुई फरक व्यक्ति हुन् भन्ने कुरा स्पष्ट गर्न आग्रह गरेका छन्।

एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले कार्कीलाई दिएको स्पष्टीकरण असन्तोषजनक भएकाले निलम्बन गरिएको बताएका छन्। कार्कीले भने पार्टी नेतृत्वको आलोचना गर्नेलाई दमन गर्न खोजिएको र यो कदमले पार्टीभित्र विवेकशील कार्यकर्ताको स्थान समाप्त गर्न खोजिएको आरोप लगाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार