663
Shares
कैलाली। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवार गाडी भारतको पलिया बजारमा दुर्घटनामा परेको छ।
प्रदेश ३-०१-०२४ च नम्बरको गाडी भारतीय नम्बर प्लेटको अर्को गाडीसँग ठोक्किँदा राज्यमन्त्री बमसहित उनका श्रीमती कल्पना बम र सहयोगी पदम देउवा घाइते भएका छन्।
कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार:
दुर्घटना भारतको खिरी जिल्लास्थित पलिया बजारमा उपचारपछि नेपाल फर्कने क्रममा भएको हो।
घाइतेहरूको उपचार धनगढीस्थित निसर्ग अस्पतालमा भइरहेको छ। राज्यमन्त्रीका भतिजा धनबहादुर बमका अनुसार, तीनै जनाको अवस्था सामान्य रहेको छ।