Logout

चर्चामा

रास्वपालक्षित शंकर पोखरेलको टिप्पणी : अति सर्वत्र वर्जयेत्

605 Shares

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सोसल मिडियाको स्टन्ट र प्रपोगण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसैको दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर भएको टिप्पणी गरेका छन् । महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । 

‘सोसल मिडियाको स्टन्ट र प्रपोगण्डाबाट राजनीतिमा उद्याएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिन्छन् । अति सर्वत्र वर्जयेत्’, महासचिव पोखरेलले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् । 

रास्वपा कार्यकर्ताहरूले पार्टी सभापति रवि लामिछानेको हिरासतमा सुतेको तस्बिर सार्वजनिक गरेका थिए । सोही तस्बिरलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको छ । लामिछानेको उक्त तस्बिर रास्वपा समर्थक डा निकोलस भुसालले पोखरास्थित प्रहरी हिरासतमा पुगेर खिचेको स्वीकार गरिसकेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार