Logout

चर्चामा

घट्यो काठमाडौंको न्यूनतम तापक्रम

576 Shares

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम बिहीबार केही घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान काठमाडौंमा ४.८ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको छ।

बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ५.१ डिग्री सेल्सियस मापन भएको थियो। आज केही घटेर ४.८ पुगेको हो। देशका अन्य भूभागको न्यूनतम तापक्रम भने महाशाखाले दैनिक बिहान ८:४५ बजे सार्वजनिक गर्छ।

मौसमविदहरूले केही दिन तापक्रम र मौसम यही सेरोफेरोमा रहने बताएका छन्। राति आकाशमा बादल जम्मा हुँदा र कम हावा चल्दा न्यूनतम तापक्रम अघिल्लो दिनको भन्दा केही बढ्न सक्ने उनीहरूले बताएका छन्। 

सिरेठो लागेको रात, रातमा बढी हावा चलेको छ भने बिहान बढी चिसो हुन सक्छ। हावा चलेको र आकाश पनि सफा छ भने तापक्रम घट्न सक्छ। त्यस्तो भएको छैन भने न्यूनतम तापक्रम स्थिर तथा सामान्य हेरफेर हुने मौसमविदहरूको भनाइ छ। 

काठमाडौंको अधिकतम तापक्रम बिहीबार पनि अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म रहने पूर्वानुमान छ। बिहीबार देशभरिको मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार