Logout

चर्चामा

रामेछाप दुर्घटना अपडेट : थप एक मृतकको पहिचान खुल्यो, ३ जनाको बाँकी

891 Shares

काठमाडौं । रामेछापमा भएको जिप दुर्घटनामा परी मृत्यु भएकामध्ये थप एक जनाको पहिचान खुलेको छ । रामेछाप प्रहरीका अनुसार मृत्यु हुनेमा हिराबहादुर कार्की रहेका छन् ।

उनको ठेगाना भने खुलेको छैन । दुर्घटनामा परी गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको पनि मृत्यु भएको छ । अन्य तीन जनाको भने पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । शुक्रबार खिम्ती बेताली सडक खण्डबाट ना १ ज ७१२३ नम्बरको जिप ३०० मिटर तल खस्दा ५ जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार