Logout

चर्चामा

रविलाई पोखरा ल्याइयो, स्वास्थ्य परीक्षण गरेर हिरासतमा

906 Shares

पोखरा ।  सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि पोखरा ल्याइएको छ। बुटवलबाट लामिछानेलाई बिहीबार दिउँसो पोखरा ल्याइएको हो।

साढे १ बजे भैरहवा विमानस्थलबाट उडेको यती एयरलायन्सको जहाज केहीबेर पहिले पोखरा अवतरण गरेको छ।
विमानस्थलबाट सिधैँ रविको स्वास्थ्य परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगियो। स्वास्थ्य परीक्षण गरेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा लगिएको हो।

बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई भैरहवामा बिहीबार बयान सकिएपछि पोखरा फिर्ता ल्याइएको छ। बयानका लागि गत मंगलबार पोखराबाट उनलाई भैरहवा लगिएको थियो।

रविलाई कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ गरिएको थियो। भोलिपल्ट बिहानपख उनलाई सडकमार्ग हुँदै पोखरा ल्याइएको थियो।

पछिल्लो पटक कात्तिक २५ गते जिल्ला अदालत कास्कीले रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार