काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद शशी श्रेष्ठले सरकारले बिजनेस नदिएर संसदललाई बिजनेसविहीन बनाएको आरोप लगाएकी छिन्। सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकारकै कारण संसद् बिजनेस नदिएर संसद काम गर्न सक्दै भन्ने सन्देश दिन खोजेको बिहीन भएको आरोप लगाइन्।
सरकारले विजनेस नदिएर संसदले काम गर्न सक्दैन भन्ने सन्देश दिन खोजीहेको छ, उनले भनिन्,‘ यो सन्देश के को लागि दिन खोजेको हो ? हाल प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ५५ विधेयक विचाराधीन रहेको र केही अध्यादेशहरु पनि रहेको भन्दै ती विधेयक संसदमा पेश नगरेको उनले बताइन् । उनले भनिन्, संसद बोलाउनु मात्रै सबै कुरा होइन। संसद बोलाउनु भनेको संसद चलाउनु पनि हो। संसद चलाउन बिजनेस दिइरहेको छैन।
सांसद श्रेष्ठले संसदको अनादर गर्ने हो भने अर्को जनादेशबाट संसद निर्वाचित भए पनि काम गर्न नसक्ने बताइन् । ‘अर्को जनादेशबाट आएको संसदमा पनि यही खालको गतिविधि गर्ने हो भने देश कसरी अगाडि बढ्छ ? उनले प्रश्न गरिन् ।
उनले थुप्रै खालका समस्या आइरहेको भन्दै उनले भनिन, जब जब हामी राजनीतिक दलहरु आफ्नो विवेक प्रयोग गरेर एक ढिक्का भएर अगाडि बढ्दा जितेका छौं, मुलुकले जितेको छ। जब हामी कसैको दबाब र प्रभावमा पर्छौं त्यो बेलामा देश हारेको छ। मुलुकले शीर निहुराउनु परेको छ।