Logout

चर्चामा

रवि लामिछानेलाई भेटेपछि रास्वपा नेताले भने– राजनीतिक प्रतिशोध साँध्न हिरासतमा राखियो

902 Shares

काठमाडौँ । रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई राज्य पक्षले राजनीतिक प्रतिशोध साँध्न अनावश्यक  हिरासतमा राखेको भन्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । 

सोमबार कास्की प्रहरी हिरासतमा सभापति लामिछानेसँग  छलफल गरेपछि उपसभापति स्वर्णिम वाग्लेले राज्यले सभापति लामिछानेलाई प्रतिसोध साध्न हिरासतमा राखेकाले आन्दोलन जारी राख्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय भएको बताए । 

अर्का उपसभापति डीपी अर्यालले लामिछानेलाई रुपन्देही लगिने जानकारी पाएको भन्दै दोस्रो चरणको आन्दोलन र त्यसको मोडालिटीबारे पर्सी जानकारी गराउने बताए । 

प्रवक्ता मनिष झाले जिल्ला प्रहरी कार्यालय कास्कीले पटक पटक म्याद थपेर हिरासतमा राखेर सरकारले अनावश्यक रूपमा दम्भ र प्रतिशोध साँधेको बताए । 

‘हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने कारण देखिँदैन । हिजो भर्खर १३ दिन म्याद थपिएको छ । हामीले स्वास्थ्य अवस्था बुझ्दै आन्तरिक छलफल गरेका छौ । राजनीतिक दल प्रक्रियागत रूपमा चल्नुपर्छ । त्यसैले यसबारे केन्द्रीय समितिमा छलफल गर्छौ र धारणा सार्वजनिक गर्छौ’, झाले भने । उनले लोकतन्त्रको आडमा सरकारले अधिनायकवादी चरित्र देखाएको पनि बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार