Logout

चर्चामा

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनैपर्छ : कांग्रेसका सांसद कँडेल

635 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अलिकति नैतिकता भए विश्वासको मत लिनुपर्ने बताएका छन्। 

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीलाई कुर्सीको मोहले पीडा छ। कुनै हालतमा छोड्न सक्दैन। ओलीले त्यो बेला चुनावताका गोरखाको एक कार्यक्रममा पुगेर कांग्रेसको नेतृत्वको अन्तिम प्रधानमन्त्री देउवा भनेका थिए। तर, अहिले म भन्छु यही अवस्थाले एमालेको अन्तिम प्रधानमन्त्री ओली हुने देखिन्छ।’ 

उनले संविधानको अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिनै पर्ने दाबी गरे। ‘संविधानको धारा ७६ (१) अनुसार यो सरकार अगाडि बढेको हो। अदालतको निर्णयपछि हामी नेकपालाई विश्वास मत लिएको देखेका थियौँ। एमाले होइन’ उनले भने, ‘संविधानको धारा १००(२) प्रधानमन्त्रीको दल विभाजित भएमा वा समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने उल्लेख छ। आज २३ गते ३० दिन पूरा भयो।’

उनले संसदमा नेकपा चिनेको भएकाले एमाले नचिनेको बताए। ‘हामीले एमाले चिन्दैनौँ। अलिकति नैतिकता छ भने उहाँले विश्वासको मत लिने कि नलिनेरु सर्वोच्चले विभाजन गरेपछि उहाँले विश्वासको मत लिनैपर्छ’ उनले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार