Logout

चर्चामा

इंग्ल्यान्ड २ सयभन्दा बढी रनले अगाडि

4.1k Shares

काठमाडौं । ह्यारी ब्रुक्सको नटआउट अर्धशतकमा इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको तेस्रो दिन आफूलाई बलियो स्थितिमा राखेको छ । ट्रेन्ट ब्रिजमा चलिरहेको टेस्ट उतारचढावपूर्ण भने रहेको छ ।

शनिबार तेस्रो दिनको खेल टुंगिदा इंग्लयान्डले आफ्नो दोस्रो इनिङ्समा तीन विकेट गुमाएर २ सय ४८ रन बनाएको छ र यो २ सय ७ रनको ठोस अग्रता हो । ब्रुक्स ७१ रनमा नटआउट छन् र उनलाई जोए रुटले ३७ रन बनाएर साथ दिइरहेका छन् ।

यसअघि वेस्ट इन्डिजले आफ्नो पहिलो इनिङ्स ४ सय ५७ रन बनाएको थियो । उसले टेस्ट क्रिकेटमा ४ सय ५० माथिको स्कोर बनाएको एक दशकयता पहिलो पटक हो ।

उसका लागि जोसुआ डा सिल्भाले ८२ रन बनाए र नटआउट रहे । उनले ३३ रन बनाएका सामर जोसेफसँग मिलेर अन्तिम विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार