काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्री ओलीले प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्री र विष्णु पौडेललाई उपप्रधान एवं अर्थमन्त्रीमा नियुक्त गरेका छन्।
यसैगरी गृहमन्त्रीमा रमेश लेखक,परराष्ट्रमा आरजु राणा देउवा,कानुन न्याय तथा संसदीय मामिलामा अजय चौरासीया,पर्यटन तथा संस्कृति मन्त्रीमा बद्रीप्रसाद पाण्डे,स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप पौडेल नियुक्त भएका छन्।
यसैगरी शिक्षा मन्त्रीमा विद्या भट्टराई,रक्षामन्त्रीमा मानवीर राई,कृषिमन्त्रीमा रामनाथ अधिकारी,उद्योगमा दामोदर भण्डारी,श्रममा शरदसिंह भण्डारी,सञ्चारमा पृथ्वी सुब्बा गुरूङ,खानेपानीमा प्रदीप यादव र नवल किशोर साह महिला मन्त्री बनेका छन्।
दिपक खड्का उर्जा,देवेन्द्र दाहाल भौतिक पूर्वाधार,बलराम अधिकारी भूमिसुधार,ऐनबहादुर शाही वनमन्त्री र तेजुलाल चौधरी खेलकुद मन्त्री बनेका छन्।
नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।