एक घर एक उद्यमी,सम्बृद नेपाल स्वच्छ नेपाली भन्ने नारा सहित नेपाल भरिका लगभग ६६ लाख घरदुरिलाई उद्यमी बनाउने उदेश्य बोकेर चुनिदेवी वेष्ट प्रोसेसींग इन्डष्ट्रिज स्थापना भएको छ ।
फोहोरलाई मोहोर बनाउने उदेश्यले यो कम्पनीको स्थापना भएको यसै सस्थाका अध्यक्ष मुकुन्द तिमल्सिनाले बताएका छन् ।
तारकेश्वर नगरपालिका वडा नम्बर ३ भित्र करिब २५० रोपनीको क्षेत्रफ़लमा स्थापना हुनलागेको यो कम्पनिमा १ घर १ शेयर सदस्य रहन पाउने तिमल्सिनाले जानकारी दिएका छन् ।
उनले भनेका छन् रु १००० देखि २५००० सम्म लगानी गर्न सकिने छ । यो लगानी गरेको रकम कम्तिमा पनि १ वर्ष भित्र फिर्ता गर्ने उनले बताए ।
यसरी लगानी गरेपछि कमाउने कसरि भन्ने प्रश्नमा उनले भने वर्तमान परिवेशमा फोहोरमैला व्यवस्थापन हाम्रो देशको मुख्य चुनौती रहेको वास्तविक्ता हामी सबैलाई अवगत नै छ। घर तथा पालिकाहरु वाट संकलित फोहोर उचित व्यवस्थापन गर्न नसक्दा र ढलहरु सिधै नदी तथा बातावरणमा मिसिने हुँदा यस्ले हाम्रो पर्यावरण, प्रकृति र समग्र देशलाई नै प्रदुसित तुल्याएको छ। यस्ता चुनौतीहरुको समाधान गर्न र संकलित फोहोर रिसाइकल गरी Bio-Gas, कृषिजन्य मल लगायत फलाम, सिसा जस्ता कच्चा पदार्थ उत्पादन गरी देशको समृद्ध भविष्य निर्माण गर्नका लागि हामीले चुनिदेवी वेष्ट प्रोसेसिंग इन्डष्ट्रिज स्थापना गरेका छौं। यस्ता उत्पादन भएका सबै चिजलाई स्वदेश तथा बिदेशमा बिक्रि गरेर नेपालाई समुन्नत र स्वच्छ वातावरण भएको देश बनाउने हाम्रो उदेश्य रहेको तिमल्सिनाले बताए ।
यसले कसरी काम गर्छ?
करिव २५० रोपनी जग्गामा फैलिएको यस् चुनिदेवी वेष्ट प्रोसेसिंग इन्डष्ट्रिजमा अत्याधुनिक प्रविधि तथा आधुनिक मेसिनरी उपयोग गरि नगरपालिकाको फोहोर र अवशेषहरुलाई पर्यावरणमैत्री थर्मोकेमिकल रुपान्तरण प्रकृया मार्फत उच्च थप मुल्यवान उर्जा उत्पादनहरुमा रुपान्तरण गरिन्छ।
प्रथममा बजार तथा नगरपालिकाको फोहोरलाई संकलन गरी गाडी द्वारा इन्डष्ट्रिसम्म लेराइन्छ र hopper मेसिनमा खनाइन्छ। त्यसपछी Conveyor machine द्वारा Metal, Glasses, Plastic तथा Tyre जस्ता बिविन्न ठोस तथा तरल पदार्थ हरुमा Filter गरिन्छ। Filter गरिएको सामानहरु Shredder मा हाली स-साना टुक्राहरु गरिन्छ र Feeding Hopper मा पठाइन्छ। त्यसपछी सामानहरु Reactor मा पठाइ उच्च तापक्रममा तताइन्छ र थर्मोकेमिकल रुपान्तरण प्रकृया सुरु हुन्छ। यस् प्रकृया पस्चात निस्किएका Gas, Minerals तथा अन्य पदार्थहरुलाई थप विभाजन गरी आ-आफ्नो खण्डहरुमा Conversion का लागी पठाइन्छ जस बाट Bio-Fuel जस्तै Hydrogen, Oxygen, Methane जस्ता अन्य धेरै Syntetic Gas र Chemical लगायत फलाम, सिसा, रबर जस्ता कच्चा पदार्थहरु र कृषिजन्य मलहरु पनि संगै उत्पादन गरिन्छ। यि Bio-Fuel तथा प्रशोधित केमिकल द्वारा पर्यावरण मैत्री विजुली तथा कृषि क्षेत्रका लागि अत्यन्त लाभदायक मल र किटनासकहरु पनि उत्पादन गरिन्छ त्यो पनि कुनै हानिकारक Side Effect तथा प्रदूषण बिना।
साथ-साथै यस चुनिदेवी वेष्ट प्रोसेसिंग इन्डष्ट्रिजमा अस्पतालबाट निस्किने हानिकारक वेष्टहरुलाई पनि सुरक्षित तरिकाले Dispose गर्नुका साथै थप त्यसबाट पनि फलामे कच्चा पदार्थहरु उत्पादन गरिन्छ। यसरी पर्यावरण तथा दैनिक जीवनमा हानी पुर्याउने फोहोरलाई हामी चुनिदेवी वेष्ट प्रोसेसिंग इन्डष्ट्रिजले अत्यन्त वहुमुल्य उर्जाहरुमा रुपान्तरण गर्छौं। आउनुहोस् हामी सबै मिली फोहोर रहित र उर्जा उन्मुख समृद्ध भविष्य निर्माण गर्नका लागि योगदान गरौं।
हातमा हात मिलाउ,काँधमा काँध मिलाउ ,एक घर एक उधमी ,समृद्द नेपाल स्वच्छ नेपाली
रु १००० देखि रु २५००० सम्मको लगानीमा आफै उधमी बनौ,आफ्नै भबिस्य सुरक्षित गरौ ,
एक लागनी,जिन्दगीभर दुक्क भन्दै कम्पनीले खाता नम्बर सार्वजनिक गरेको छ ।
आउनुस यो डिजिटल अथवा सिधै खातामा रकम हालेर आफै उधमी बन्नुस ।
Account Name : Chunidevi Waste Processing Industries Pvt. Ltd
Account number : 04621922440017
Bank Name : Himalayan Bank
Account Name : Chunidevi Waste Processing Industries Pvt. Ltd
Account number : 24600107635197000001
Bank Name : Nepal Bank

