Logout

चर्चामा

‘कोपा डेल रे’ को उपाधि रियाल सोसिडाडलाई

712 Shares

एजेन्सी । यस वर्षको स्पेनिस ‘कोपा डेल रे’ फुटबल प्रतियोगिताको उपाधि रियाल सोसिडाडले जितेको छ ।

गएराति भएको फाईनल खेलमा एथ्लेटिक बिल्बाओलाई १–० ले हराउँदै सोसिडाडले ३४ वर्षपछि कोपा डेल रे को उपाधि जितेको हो ।

खेलमा सोसिडाडलाई विजयी गराउन मिकेल ओयरजबालले ६३ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे । कोपा डेल रे को यो उपाधि अघिल्लो सिजनको उपाधि हो ।

कोरोना माहामारीले अघिल्लो वर्ष रोकिएको प्रतियोगिता यो वर्ष खेलाईएको हो । चालु सिजनको कोपा डेल रे को फाईनलमा बिल्बाओले बार्सिलोनाको सामना गर्दैछ ।

उक्त खेल आगामि १७ तारिखमा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार