Logout

चर्चामा

फेसबुक ह्याक हुनबाट कसरी बच्ने ,यस्तो कुरा अपनाउनुस

1.3k Shares

काठमाडौँ ।पछिल्लो समय फेसबुक अकाउन्ट ह्याक हुने घटना धेरै बढिरहेका छन् । सामान्यतः सामाजिक सञ्जाल प्रयोगकर्ताकै कमजोरीले गर्दा अकाउन्ट ह्याक हुने सुरक्षा जानकार बताउँछन् । नेपाल प्रहरीको साइबर ब्यूरोमा आउने अधिकांश फेसबुक सम्बन्धी उजुरीमध्ये ६०/७० प्रतिशत फेसबुक ह्याकसम्बन्धी हुन्छन् ।

हामीले केही न केही गल्ती नगरी आफै ह्याक हुन निकै कठिन छ, ह्याक हुन हामीले विभिन्न उपायहरु अपनाउन सक्छौ 

सर्वप्रथम हामीले हाम्रो फेसबुकमा Unknow friend request accept नगर्नु होला। आफूले चिनेको मान्छे छ भने मात्रै friend request/ message request accept गर्ने गर्नु होला र आफूलाई थाहा नभए सम्म कुनै पनि link click नगर्नुहोला। कुनै company वा organization को जस्तै देखिने link हरुबाट तपाईंको सामाजिक संझाल account hack हुन सक्छ । आफनो One time password (OTP) कसैलाई पनि Share नगर्नुहोस् । यदि यो पाएको खण्डमा तपाईंको account hack हुन सक्छ।फेसबुक, भाइबर, ईमो, ह्वाट्सएप, इन्स्टाग्राम टिकटक जस्ता सामाजिक सञ्जालहरूको माध्यमबाट विभिन्न उपहार तथा पार्सल पठाएको, चिठ्ठा परेको, बैंक तथा वालेटको कर्मचारी हुँ भनी ओटीपी कोड माग्ने, डलर देखाई नेपाली पैसा साटने, विदेश पठाउने / बोलाउने बहानामा ठगी गर्ने कार्यहरू बढिरहेका छन्, कसैले व्यक्तिगत विवरण, बैंक विवरण, ओटीपी कोड, पिन कोड जस्ता सेक्युरिटी कोडहरू मागे कसैलाई पनि Share नगर्नुहोस् ।धेरै जस्तो मानिसको account यो माध्यम बाट पनि hack हुने गरेको छ ।Social media तथा online banking/mobile banking use गर्दा free wifi को प्रयोग नगर्नुहोस् ।

Page को सन्दर्भमा एकदमै भरपर्दो र विश्वासिलो मान्छेलाई मात्रै Admin दिनुहोला। कहिलेकहीँ त्यो Admin को Account hack हुँदा वा Account मा problem आउँदा पेजलाई पनि असर गर्न सक्छ।यति रुपैयाँ दिन्छु page मा Advertise गर्दिनु पर्यो भन्ने म्यासेज प्राय धेरैको पेज मा आएको पाईन्छ। त्यस्तो scam म्यासेजलाई ignore गर्नु होला , प्रलोभनमा नपर्नु होला।आजकाल page मा फलानो समस्या पर्यो , तपाईंले copyright content हाल्नु भयो , community guidelines उलंघन गर्नु भयो जस्ता देखिने fake notifications हरू hacker ले hack गर्ने मनसायले पठाइरहेका हुन्छन्,त्यस्तोलाई ignore गर्नु होला। Facebook ले त्यसरी कहिले पठाउँदैन।

(उपाध्याय साइबर सुरक्षा अनुसन्धानकर्ता तथा सामाजिक सञ्जालका अकाउन्ट रिकभर गरिदिने काममा समेत सक्रिय छन् )

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार