Logout

चर्चामा

झलनाथ खनाललाई भेट्न राष्ट्रपति डल्लुमा,यस्तो भयो कुराकानी

1.8k Shares

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन्।

राष्ट्रपति भण्डारीले खनाललाई भेट्न उनकै निवास डल्लुमा पुगेकी हुन्। उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको स्रोतले जानकारी दियो। ‘इतिहासविद् महेशराज पन्तको घरमा जाने क्रममा राष्ट्रपतिज्यूले त्यहीबेला झलनाथ खनालसँग पनि भेटघाट गरौं भनेर हो भेट भएको’, स्रोतले भन्यो, ‘उहाँहरूबीच समसामयिक विषयमा कुराकानी भयो।’

पछिल्लो समय एमालेभित्रै विवाद भइरहेको बेला राष्ट्रपतिले खनाललाई भेट्नु अर्थपूर्ण रहेको बुझिएको छ।

यो नि पढनुस 

राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा पानीको स्रोत प्रदूषित भएका बेला मेलम्चीको पानी वितरण भएपछि स्वच्छ खानेपानीको सेवा उपलब्ध भएको बताएकि छिन् ।

मेलम्चीको पानी औपचारिक रूपमा वितरण सुरु गर्न शुक्रवार खानेपानी मन्त्रालयले भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा उनले तीन ढुङ्गेधाराबाट पानी खोली शुभारम्भ गरिन । मेलम्चीको पानीले जमिनमुनिको पानी कम दोहन गर्नसमेत सहयोग मिलेको उनले बताईन । मेलम्चीबाट आउने स्वच्छ पानीले उपत्यकावासीमा राहत मिलेको उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले पानीका स्रोत संरक्षणसँगै वायु प्रदूषण कम गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरिन । 

केही जनसङ्ख्या स्वच्छ खानेपानीको सेवाबाट अझै बञ्चित रहेकाले त्यसको व्यवस्थापनमा पनि सरोकार भएका निकायको ध्यान जानुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो । मेलम्चीको पानी राजधानी आएसँगै जमिनमुनि पानी पुनर्भरणमा समेत ध्यान दिन पनि उहाँले सरोकार भएका निकायलाई निर्देशन दिईन । पानीका विषयमा आवश्यक अध्ययन अनुसन्धान गर्न त्रिभुवन विश्वविद्यालयलगायत शैक्षिक संस्थालाई प्रोत्साहन गरिनुपर्ने राष्ट्रपति भण्डारीले बताईन । 

यही चैत १५ गतेदेखि उपत्यकाका केही भागमा पुरानो प्रणालीअनुसार राजधानीमा चार करोड लिटर पानी हालेर परीक्षण सुरु गरिएको थियो । परीक्षण सफल भएपछि शुक्रवारदेखि साढे आठ करोड लिटर पानी परीक्षण सफल भएको क्षेत्रमा वितरण गरिएको हो । पानी वितरण गर्न उपत्यकामा नौ पोखरी निर्माण सम्पन्न भएका छन् । एक पोखरी अहिले निर्माण भइरहेको छ ।

गएको फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ अम्बाथानमा रहेको सुरुङबाट हालिएको पानी २६।५ किमी दुरी पार गर्दै फागुन २२ गते सुन्दरीजल आइपुगेको थियो । पहिलो चरणमा सुरुङमा प्रतिसेकेण्ड दुई सय ६० लिटर पानी हालेर परीक्षण गरिएको थियो । महाशिवरात्रिका अवसरमा दुई दिन मेलम्चीको पानी वाग्मतीमा बगाएर पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनलाई स्नान गर्ने अवसर समेत दिइएको थियो । 

मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइने भए पनि परीक्षणका क्रममा रहेकाले शुक्रवारदेखि साढे आठ करोड लिटर पानी वितरण गरिएको छ । केही दिनमा १७ करोड लिटर नै पानी वितरण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । दोस्रो चरणमा याङ्री र लार्केको १७ करोड लिटर पानीसमेत राजधानी ल्याइने योजना छ । दोस्रो चरणको कामसमेत सुरु भइसकेको आयोजनाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार