Logout

चर्चामा

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

397 Shares

सुन तस्करीसम्बन्धी प्रतिवेदन बुझेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । 

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।

बैठक आज साँझ ५ बजे बस्न लागेको छ ।

आयोगले बिहीवार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई हिजो यो प्रतिवेदन बुझाएको थियो । सो जाँचबुझ आयोगको प्रतिवेदन गृहमन्त्री रवि लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्रीलाई बुझाएका थिए ।

प्रतिवेदनले पूर्व सभामुख कृष्णबहादुर महरा, सीआईबी प्रमुख किरण बज्राचार्य, सह–सहिचव झलकराम अधिकारी, एसपी सञ्जयसिंह थापा, विमानस्थल भन्सार प्रमुखसहितलाई कारबाही गर्न सिफारिस गरेको छ ।

यसै विषयमा छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार