Logout

चर्चामा

श्रममन्त्री अर्यालले सम्हाले पदभार

425 Shares

काठमाडौँ । श्रममन्त्री डोलप्रसाद अर्यालले पदभार ग्रहण गरेका छन् । बुधबार अर्यालले श्रम मन्त्रालयमा पुगेर पदभार सम्हालेका हुन् । त्यसअघि उनले शितल निवासमा श्रममन्त्रीको शपथ ग्रहण गरेका थिए ।

 धादिङ जिल्लाको ज्वालामुखी नगरपालिका–२ स्थायी घर भएका डोलप्रसाद अर्यालको जन्म २०३१ साल भदौ ६ गते भएको थियो । उनको राजनीतिक अनुभव भने झन्डै १ वर्षको रहेको छ ।


२०७९ सालबाट राजनीति सुरु गरेका उनले पर्यटन र म्यानपावर क्षेत्रमा २० वर्षको अनुभव सम्हालेका छन् । अर्यालले जापान, अमेरिका, चीन, भारत, कोरिया, फिलिपिन्स, थाइल्याण्ड लगायतका देशको भ्रमण गरेका छन् । यसअघि उनी २२ दिन मन्त्री भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार